Logo

महिन्द्राले ल्यायो युवो ट्याक्टरको नयाँ रेन्ज, ३०-४५ सेग्मेन्टको सवैभन्दा उत्कृष्ट टेक्नोलोजी

महिन्द्राले ल्यायो युवो ट्याक्टरको नयाँ रेन्ज, ३०-४५ सेग्मेन्टको सवैभन्दा उत्कृष्ट टेक्नोलोजी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक विक्रेता अग्निग्रुप अन्तर्गतको अग्नि इन्कर्पाेरेटेड प्रालिले युवो ट्याक्टरहरुको नयाँ रेन्जको अनावरण गरेको छ ।

३० देखि ४५ हर्सपावर सेग्मेन्टमा सबैभन्दा उत्कृष्ट टेक्नोलोजीको ट्याक्टर सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ । उक्त ट्याक्टरले अझ धेरै कभरेज, छिटो अपरेशन तथा उत्कृष्ट गुणस्तरको कार्यक्षमता प्रस्तुत गर्दछ ।

पूर्णतया नयाँ प्लाटफर्ममा बनेको नवीनतम तथा इन्डस्ट्री र वर्गमै पहिलो १२ फर्वार्ड र ३ रिभर्स् पूmल कन्स्ट्यान्ट–मेश गियर बक्स्का साथ महिन्द्रा युवो एकदम बहु–उपयोगी छ । यो ३० भन्दा बढी कृषि अनुप्रयोगहरुका लागि प्रयोगमा ल्याउन सकिन्छ । युवोको उन्नत टेक्नोलोजीले कृषकहरुको विभिन्न प्रयोजनहरु पूरा गर्न सक्ने बताइएको छ । हार्भेस्टिङ देखि ल्याण्ड प्रिपेरेशन र पोस्ट–हार्भेस्टिङ आवश्यकताहरु सम्म, युवोले कृषकहरुलाई दिन्छ धेरै गर्ने, छिटो गर्ने र उत्कृष्ट गर्ने क्षमता यसमा छ ।

हेड अफ इन्टरनेशनल अपरेशन एएफएस (साउथएशिया) भाइस प्रेसिडेन्ट सञ्जय जादवले महिन्द्रा भोल्यूमको आधारमा विश्वकै नं. १ ट्याक्टर ब्राण्ड भएको दावी गरे ।‘महिन्द्रा युवो कम्पनीको यस लक्ष्य तर्फ चालिएको एक प्रमुख कदम हो,’ उनले भने, ‘यसले नेपालका विकासुन्मुख कृषकहरुका आवश्यकताहरु पूरा गर्ने कुरामा कम्पनी विश्वस्त छ ।’

युवोको डिजाइन संसारभरिका कृषि प्रयोजनहरुमा लागेका कृषकहरुको आवश्यकतालाई ध्यानमा राख्दै गरिएको छ जसले युवोलाई एक कृषि विशेषज्ञ ट्याक्टर बनाएको छ । युवो सँगै अर्का एक विशेषज्ञ प्रोडक्ट अर्थात स्पेलिस्ट सोल्युसन पस्कन गइरहेको उनले जानकारी दिए ।

इनजीन तथा ट्रान्समिशनको लागि महिन्द्रा जेनुइन आयल, एम–स्टार जसले दिन्छ बढी ड्रेन पिरियडका साथ कम अपरेशन खर्च र ट्याक्टरको लाइफ र पर्पmमेन्स बढाउँछन ।

सोही कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक, क्याबिनेट श्रेष्ठले गत जुनमा अर्जुन नोभोको अनावरणले पाएको जोरदार प्रतिक्रियाको एक वर्ष भित्रमै भएको नेपालको ट्याक्टर सेग्मेन्टमा यो दाश्रो ठूलो अनावरण भएको बताए ।

युवोको डिजाइन नेपालमा स्टाइल, आराम तथा सहजताका नयाँ मापदण्डहरु निर्धारण गर्न गरिएको छ । यसको उच्चतम टेक्नोलोजीले नवीनतम १२ फर्वार्ड एक्स ३ रिभर्स् गियर बक्स्का प्रदान गर्छ । जसले कृषकहरुलाई कुनै पनि प्रयोजनका लागि उपयुक्त हुने विभिन्न स्पीडहरुको छनौट गर्ने अवसर प्रदान गर्दछ ।

फुलकन्स्ट्यान्ट मेश गियर बक्स्का साथै एर्गाेनोमिकल्ली डिजाइन गरिएको कारजस्तो साइड–सिफ्ट गियर सिस्टमले ड्राइभिङ अनुभव आरामदायी र सहज बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्