Logo

उल्टो हिडेर हिमाल आरोहण गर्ने पण्डितलाई आईएमईको सम्मान, १ लाखसहित प्रमाणपत्र प्रदान

उल्टो हिडेर हिमाल आरोहण गर्ने पण्डितलाई आईएमईको सम्मान, १ लाखसहित प्रमाणपत्र प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही संजय पण्डितलाई सम्मान गरेको छ । आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र अशोक लेल्याण्डको अधिकृत विक्रेता एलटी इन्टरप्राईजेजले संयुक्त रुपमा रु. १ लाखसहित सम्मान गरेको हो ।

कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल,प्रवन्ध निर्देशक हेमराज ढकाल,आईएमई अटोमोटिभ्सका निर्देशक सन्दिप अग्रवाल,ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखेरेलको उपस्थिती रहेको थियो ।

सम्मान कार्यक्रममा अध्यक्ष ढकालले पण्डित सहासी व्यक्तित्व भएकाले हामी सबैले उनको नेपाललाई विश्वमा चिनाउने अभियानलाई सक्दो सहयोग गर्नुपर्ने बताए । साथै आगामी अभियानको लागि थप सफलताको पनि कामना गरे ।

पण्डित सगरमाथा,मनास्लु ,युरोपको सर्वोच्च शिखर एलब्रस, जापान तथा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरी सकेका छन् । उनले सर्वोच्च शिखर सगरमाथा सहित अन्य सम्पूर्ण हिमालमा आईएमई लोगो अंकित झण्डा फहराउन सफल भएका छन् । पण्डित एन्ट्राटिकाको सर्वोच्च शिखर आरोहणको सिलसिलामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्