Logo

१४ औं हस्तकला व्यापार मेला तथा प्रतियोगिता मंसिर १० देखि,२ लाखले अवलोकन गर्ने अपेक्षा

१४ औं हस्तकला व्यापार मेला तथा प्रतियोगिता मंसिर १० देखि,२ लाखले अवलोकन गर्ने अपेक्षा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । १४ औं हस्तकला व्यापार मेला तथा १२ औं हस्तकला प्रतियोगिता मंसिर १० गतेदेखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने मेला १४ गतेसम्म चल्ने छ ।

हस्तकला समृद्धिका सम्भावनाहरु नराका साथ आयोजना गर्न लागिएको मेलामा १ सय ७६ स्टल रहनेछन् । जसमध्ये ७ ओटा प्याभिलियन र स्टलहरु बुकिङ भइसकेको आयोजकले जानकारी दिएको छ । हस्तकला क्षेत्रका सामानहरुको अन्तरराष्ट्रिय जगतमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजक नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।

आइतवार एक पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिइएको हो । सो अवसरमा व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका इशवरीप्रसाद घिमिरेले मेला पहिलाको भन्दा फरक भएको जानकारी दिए । त्यस्तै पेभिलियनमा एनटिआइएस राख्न सुझाए ।

कार्यक्रममा वाणिज्य मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले सरकारले स्थानीय,केन्द्र तथा अन्तरराष्ट्रिय स्तरमा आयोजित मेलालाई सहयोग गर्ने गरेको बताए । मेलामा आधुनिक विधा तर्फ बुनाई र परम्परागत विधामा धातु पत्रकलामा संलग्न कलाकारहरुको जीवन्त प्रदर्शन अनुसार सम्मान गरिने बताइएको छ । जसमध्ये ३ जनालाई कलाकारलाई नगद पुरस्कार तथा प्रमाणपत्र दिने बताइएको छ ।

जसमध्ये प्रथक हुनेलाई ५० हजार,द्धितिय ३० हजार र तृतीय हुनेलाई २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै यस बर्षको मेलामा हस्तकलाका विभिन्न वस्तुहरुका आगामी बर्ष को डिजाइन प्रक्षेपण गरी प्रदर्शनी गरिने छ । हस्तकला क्षेत्रको उत्कृष्ट उद्यमी चयन गरि सम्मान गरिने बताइएको छ । त्यस्तै क्रेता तथा विक्रेतावीच विटुवी बैठक आयोजना गरिने छ ।

त्यसैगरी नयाँ वस्तुहरुको उजागर तथा निर्यात योग्य वस्तु विकास गरी निर्यात प्रवद्र्धनमा सहयोग प’र्याउने उद्देश्यले मेलामा भाग लिने प्रदर्शनकर्ताहरुको उत्कृष्ट वस्तुलाई एकै स्थानमा प्रदर्शन गरिने छ । साथै मेलामा राखिएकामध्ये परम्परागत,टेक्सटाइल,होम डेकोरेशन र फेशन एसेसोरिजविधाबाट ३ उत्कृष्ट वस्तुलाई पुरस्कृत गरिने छ ।

आयोजकका अनुसार मेलामा चीन,इरान,युएई, भुटान,श्रीलंकालगायत देशबाट २० जना भन्दा बढी विदेशी आयातकर्ता आउनेछन् । मेलामा २ लाख अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ ।

साथै १० करोड भन्दा बढी को व्यापार हुने बताइएको छ । मेलाको उपराष्ट्रपतिबाट उद्दघाटनको कार्यक्रम छ । मेलामा अवलोकनका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । जसमा विद्यार्थीलाई ५० प्रतिशत छुट र अपांगहरुलाई निशुल्क प्रवेशको व्यवस्था रहेको संयोजक होमनाथ उपाध्ययाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्