Logo

सम्हालिन नसक्दा नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकममा भने सुधार

सम्हालिन नसक्दा नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकममा भने सुधार



काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावट देखिएको छ । कारोबार समयको सुरुवाति आधा घण्टामा ३७ अंकसम्म बढेको बजार त्यसपछि सम्हालिन नसक्दा लगातार ओरालो लागेको थियो । जसका कारण अन्तिम समयमा नेप्से ५०.७३ अंकले घट्दै २६ सय ३७ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २४ कम्पनीका २ करोड ४८ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ३३ करोड ९२ लाख माथि पुगेको छ । आज कारोबार रकममा भने सुधार देखिएको हो ।

आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लाग्दा २ सय १९ कम्पनीको सेयरमूल्य घटेको छ भने २४ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिन्छ ।

आज ४ कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL