Logo

अपडेट : बजार खुलेको १ घण्टामै ४५ अंकले घट्यो नेप्से, सवै समुह ओरालो

अपडेट : बजार खुलेको १ घण्टामै ४५ अंकले घट्यो नेप्से, सवै समुह ओरालो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको पहिलो दिन कारोवार शुरु भएको १ घण्टामै नेप्से परिसुचक ४५ अंकभन्दा बढीले ओरालो लागेको छ । कारोवार शुरु भएदेखि नै उच्च रुपमा घट्न शुरु गरको नेप्सेमा सवै समुहका परिसचकु उच्च रुपमा ओरालो लगेका छन् ।

अघिल्लो हप्तामात्र ७० प्रतिशत बोनसको घोषणा गरेको एभरेष्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १ सय २५ रुपैयाँभन्दा बढीले घट्दै ६ करोड ५५ लाख रुपैयाँले घटेको छ । यसैगरी शतप्रतिशत हकप्रद घोषणा गरेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता १ सय रुपैयाँले घटेको छ ।

१२ बजेसम्ममा बीमा समुहको परिसुचक १ सय ७५ अंकले घटेको छ भने बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक झण्डै ५० अंकले ओरालो लागेको छ । यसैगरी विकास बैंक तथा फाइनान्स समुहको परिसुचक पनि उच्च रुपमा घटेको छ ।

प्रतिक्रिया दिनुहोस्