Logo

नेटा एक्सको एसेम्बल प्लान्ट इन्डोनेसीयामा, बार्षिक २७ हजार कार उत्पादन गर्ने

नेटा एक्सको एसेम्बल प्लान्ट इन्डोनेसीयामा, बार्षिक २७ हजार कार उत्पादन गर्ने



काठमाडौं । चिनियाँ विद्युतीय कार नेटा एक्स अब इन्डोनेसीयामा पनि एसेम्बल हुन थालेको छ । इन्डोनेसीयाकाे अटो शो कार्यक्रम ‘गाइकिन्दो इन्डोनेसीय इन्टरनेशनल अटो शो’मा सोही देशमै एसेम्बल गरिएको नेटा एक्स पहिलोपटक सार्वजनिक गरिएको हो । नेटा ब्राण्डको विद्युतीय कार एसेम्बलका लागि इन्डोनेसीयाको वेस्ट जाभास्थित बेकासीमा सीकेडी फ्याक्ट्री निर्माण गरिएको छ ।

नेटा अटोको चीन बाहिर हेर्ने अधिकारी लीउ लेइले इन्डोनेसीयामै उत्पादित नेटा एक्स कार सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । उक्त कार नेटा अटो इन्डोनेसीया र होन्डाल इन्डोनेसीया मोटर्सबीचको सहकार्यमा एसेम्बल गरिएको हो । उक्त सहकार्यले विदेशी स्तरका गुणस्तरमा स्थानीय गाडीको उत्पादन हुने बताईएको छ ।

यस्तै यसले इन्डोनेसीयाका नागरिकको मागमो पनि पुर्ति गर्ने बताईएको छ । नेटाले इन्डोनेसीयामा एसेम्बल गरिएका नेटा एक्स कारहरु अन्य देशमा निर्यातसमेत गर्ने बताएको छ ।

इन्डोनेसीयामा नेटा एक्सको बार्षिक उत्पादन क्षमता २७ हजार युनिट रहेको छ । यसले स्थानीय मागको ४० प्रतिशत हिस्सा ओगट्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL