Logo

स्काईवर्थको नयाँ वाशिङ मेनिस बजारमा, मूल्य ८१ हजार रुपैयाँ

स्काईवर्थको नयाँ वाशिङ मेनिस बजारमा, मूल्य ८१ हजार रुपैयाँ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएन्सेस्ले नयाँ डिरेक्ट ड्राइभ टेक्नोलोजी भएको स्काईवर्थ वाशिङ मेशिन बजारमा ल्याएको छ । उक्त वाशिङ्ग मेशिनको प्रारम्भिक मूल्य रु. ८१ ह्जार तोकिएको कम्पनीले जानकारी दिएको छ ।

डीडी. मोटरमा १० वर्षको वारेण्टी उपलब्ध छ ।

साथै, प्रारम्भिक अफरका रुपमा रु. ३ हजार बराबरको राइस कुकर पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । सो अफर माघ मसान्तसम्म मात्र मान्य हुने छ । उक्त प्रोडक्ट बजारमा गोल्डेन, सिल्भर र व्हाइट गरी तीन रंगहरुमा उपलब्ध छ ।

स्काईवर्थको उक्त वाशिङ मेशिनमा अन्य आकर्षक फिचर्स् जस्तै इनर्जी सेभिङ, वाटर सेभिङ, फ्याब्रिक प्रोटेक्शन, तातो वा चिसो वाश, इको–फ्रेण्ड्ली तथा न्यूनतम ध्वनि, सेल्फ–क्लिनिङ टब तथा चाइल्ड लक पनि उपलब्ध छ । प्रोडक्टको क्षमता ९ के.जी. रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्