Logo

हाथवे इन्भेष्टमेन्टका सेयरधनीले १०.२६ प्रतिशत लाभांस पाउने, संचालक समितिले गर्याे प्रस्ताव

हाथवे इन्भेष्टमेन्टका सेयरधनीले १०.२६ प्रतिशत लाभांस पाउने, संचालक समितिले गर्याे प्रस्ताव



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताहरुले १०.५२६ प्रतिशत लाभांस पाउने भएका छन् । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट उक्त लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आव २०८०/०८१ को मुनाफावाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांस गरि कुल १०.५२६ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट पनि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्