Logo

१९ प्रतिशतले बढ्यो भातरतर्फको निर्यात, यी हुन् बढी निर्यात् हुने १० बस्तु

१९ प्रतिशतले बढ्यो भातरतर्फको निर्यात, यी हुन् बढी निर्यात् हुने १० बस्तु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालबाट भारत तर्फको निर्यात बढेको छ । सो अवधिमा नेपालबाट भारततर्फको निर्यात १९ दशमलव ९ प्रतिशतले बढेको हो । ३ महिनामा १० अर्व ४२ करोड बराबरको सामग्री निर्यात भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सो अवधिमा ४९ प्रकारका सामग्री निर्यात भएका हुन । त्यसमध्ये जुसको निर्यात सवैभन्दा बढी भएको देखिन्छ । सो अवधिमा १ अर्व ३४ करोड ९८ लाख रुपैयाँ बराबरको जुस भारत निर्यात भएको थियो । त्यस्तै १ अर्व १० करोड रुपैयाँ को जुट, ७४ करोड ६३ लाख रुपैयाँको अलैँची, ७३ करोड ८५ लाख रुपैयाँ बराबरको पोलिष्टर धागो निर्यात भएको राष्ट्र बैंकको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी नेपालबाट ७३ करोड ९ लाख रुपैयाँ को धागो, ४४ करोड ८९ लाख रुपैयाँ को रोसिन,३७ करोड ५७ लाख रुपैयाँको जस्तपाता, ३३ करोड २३ लाख रुपैयाँको आर्युवेदिक औषधी र २ २९ करोड ९५ लाख रुपैयाँको जिआइ पाइप भारत निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्