Logo

६ दिनसम्म पिल्सिएका लगानीकर्तामा सातौं दिनमा उत्साह, नेप्से ७८ अंकले बढ्दा ८ अर्ब बढीको कारोबार

६ दिनसम्म पिल्सिएका लगानीकर्तामा सातौं दिनमा उत्साह, नेप्से ७८ अंकले बढ्दा ८ अर्ब बढीको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेर बन्द भएको छ । यसअघि अघिल्लो हप्ता र यो हप्ता गरी लगातार ६ दिनसम्म ओरालो लागेको नेप्से यो हप्ताको अन्तिम दिन भने उकालो लागेको हो ।

आज कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ७८.१७ अंकले बढ्दै २६ सय ८८.३८ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय १८ कम्पनीका १ करोड ९४ लाख ३३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब १६ करोड ९२ लाख माथि क्रस भएको छ ।

बिहीबार म्युचुअल फण्डबाहेकका सबै समुह उकालो लाग्दा २ सय २९ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ । यस्तै आज १२ कम्पनीको सेयरमूल्य घट्दा ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज ५ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको देखिन्छ । खासगरी पछिल्लो ६ दिनमा मात्रै नेप्से २ सय २७ अंकले घटिसकेको छ ।

यसबीचमा लगानीकर्ताले पनि खर्बाै रुपैयाँ गुमाएको देखिन्छ । तर, साताको अन्तिम दिन भने नेप्सेमा हरियाली छाउँदा लगानीकर्ता उत्साहित भएको एक लगानीकर्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL