Logo

सातामा प्रतितोला १४००ले घट्यो सुन, किन ओरालो लाग्दैछ ?

सातामा प्रतितोला १४००ले घट्यो सुन, किन ओरालो लाग्दैछ ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय यता ओरालो लागेको सुनको मूल्य यो साता उच्च रुपमा ओरालो लागेको छ । साताको शुरुबाटै घट्न शुरु गरेको बजार अन्तमा प्रतितोला १ हजार ४ सय रुपैयाँले ओरालो लागेको छ ।

आइतबार प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको सुन अन्य दिनमा सामान्य घटवट मात्र भएको थियो । तर, अन्तिम दिन आज प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ ।

अन्तरराष्ट्रिय बजारमा डलरको मूल्यमा बृद्धि तथा भारत सरकारले आफ्नो मुद्राको ५ सय र १ हजार रुपैयाँका नोटको कारोवारमा प्रतिवन्ध लगाएसँगै नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको हो ।

पछिल्लो समय अमेरिकाको चुनावको असर सुनको मूल्यमा देखिन थालेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष मोहन सुनुवारले बताए । साथै, नेपाली बजारमा भारतीयको मुद्राको प्रतिवन्धको असर पनि त्यतिकै रहेको उनको तर्क छ । ‘डलर महङगिदै गएका कारण अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य ओरालो लागेको छ,’ उनले भने, ‘भारत सरकारले लगाएको भारुको प्रतिवन्धले नेपाली बजारमा झन ठूलो असर पुर्याएको छ ।’

प्रतिक्रिया दिनुहोस्