Logo

कर्मचारी सेयर कारोबारमा लागेपछि सरकारको कडाई, अब सरकारी कार्यालयमा टीएमएस नचल्ने

कर्मचारी सेयर कारोबारमा लागेपछि सरकारको कडाई, अब सरकारी कार्यालयमा टीएमएस नचल्ने



काठमाडौं । अब सरकारी कार्यालयहरुमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) नचल्ने भएको छ । मंगलबार प्रधानमन्त्री कार्यालयले देशभकार सबै सरकारी कार्यालयहरुलाई पत्राचार गर्दै कार्यालयमा टीएमएस प्रणाली नचल्ने बनाउन निर्देशन दिएको हो । कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा उक्त पत्र पठाएको हो ।

यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL