Logo

सेयर बजारमा तीव्र उत्तारचढाव, परिसुचक १३ अंकले घट्दा ७ अर्बको कारोबार

सेयर बजारमा तीव्र उत्तारचढाव, परिसुचक १३ अंकले घट्दा ७ अर्बको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा तिव्र उत्तारचढाव देखिएको छ । कारोबार समयको सुरुवाति आधा घण्टामा ६० अंकसम्मले बढेको नेप्से त्यसपछि पनि उत्तारचढाव हुँदै अन्तिम समयमा १३.०९ अंकले घट्दै २६ सय ३२ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कारोबार अवधिभर ३ सय २८ कम्पनीका १ करोड ९० लाख ७७ हजार बढी कित्ता ९३ हजार ४ सय बढीपटक किनबेच हुँदा कारोबार रकम ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएकामध्ये व्यापार समुहको परिसुचक उकालो र होटल तथा पर्यटन समुहको परिसुचक यथावत रहेको छ भने बाँकी सबै समुहको परिसुचकमा गिरावट देखिन्छ । जसका कारण आज १ सय ७० कम्पनीको सेयरमूल्य ओरालो लागेको छ भने ६७ कम्पनीको सेयरमुल्य मात्रै बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL