Logo

कम्पनी रजिष्ट्रारले माग्यो ५ वर्षदेखि भुक्तानी नभएका सेयर रकम, १ महिनाभित्र विवरण पेश गर्न निर्देशन

कम्पनी रजिष्ट्रारले माग्यो ५ वर्षदेखि भुक्तानी नभएका सेयर रकम, १ महिनाभित्र विवरण पेश गर्न निर्देशन


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले ५ वर्षदेखि भुक्तानी नभएका लाभांस र प्राथमिक सेयर भरे पश्चात फिर्ता नलगेको रकमको विवरण पठाउन सम्वन्धित कम्पनीलाई निर्देशन दिएको छ । ५ वर्षभन्दा बढी होल्ड भएका त्यस्ता रकम आगामी दिनमा सम्बन्धित कम्पनीले राख्न नपाउने र सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न लागिएको रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले जानकारी दिए । ‘सो कार्यका लागि लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि स्वीकृत भइरहेको छ,’ उनले भने, ‘सोही अनुरुप कोषमा त्यस्ता रकम जम्मा गरिने छ ।’

कार्यलयले सुचना जारी गर्दै सवै कम्पनीलाई १ महिनाभित्र विबरण पेश गर्न निर्देशन दिएको छ । सवै कम्पनीको विवरण आएपछि छुट्टै कोष खडा गरी सोही कोषमा रकम जम्मा गरिने समेत श्रेष्ठले जानकारी दिए । ‘हाम्रो अनुमानमा करोडौं रुपैयाँभन्दा बढी त्यस्ता रकम होल्ड भएर बसेको छ,’ उनले भने, ‘सो रकमलाई जम्मा गरेर लगानीकर्ताकै हितमा प्रयोग गरिने छ ।’

उनका अनुसार ५ वर्ष भन्दा बढी समयसम्म पनि हकदावी हुन नआएका त्यस्ता रकमलाई तत्कालका लागि कुनै वाणिज्य बैंकमा अधिकतम ब्याजमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL