Logo

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार ९ अर्बमै सीमित

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार ९ अर्बमै सीमित



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि नै लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा ५५.८६ अंकले घट्दै २६ सय ४६ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कारोबार अवधिभर ३ सय २७ कम्पनीका २ करोड १० लाख ४८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ ।

आज सबै समुहका परिसुचक राताम्य हुँदा २ सय २२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने जम्मा २२ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL