Logo

सिजीको दशैँ र तिहार योजना, ‘नेपालकै अब्बल सीजीसंग खुसी डब्बल’अफर सार्वजनिक

सिजीको दशैँ र तिहार योजना, ‘नेपालकै अब्बल सीजीसंग खुसी डब्बल’अफर सार्वजनिक



काठमाडौं । सिजीले दशैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसंग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरूको दशैँ तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सिजीका सामानहरूको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत सिजी तथा सिजी मेरिडियाका सामानहरूको खरिदमा ६० हजार पाँच सय रुपैयाँसम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्नेछन् । यस स्किममा स्पिकर, पङ्खा, भ्याकुम लगायतका उपहारहरू पाइने कम्पनीले जनाएको छ ।

यस चाडपर्व अफरमा ग्राहकहरूले सिजी टिभी (३२ देखि ५५ इन्चसम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यो योजना अन्तर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सिजीले आफ्ना ग्राहकहरूलाई सिजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्दछ । यो योजना भाद्र २३ गतेदेखि नेपालभर सीमित अवधिको लागि देशभर लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL