Logo

चौधरी फाउण्डेसन र लायन्स क्लब सोसल विजनेशमा, सवा पाँच करोड लगानी गर्ने घोषणा

चौधरी फाउण्डेसन र लायन्स क्लब सोसल विजनेशमा, सवा पाँच करोड लगानी गर्ने घोषणा


बिजखबर संवाददाता
27
Shares

काठमाण्डौ । चौधरी फाउण्डेसन र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनले सन् २०१७ मा नेपाल सोसल विजनेश का लागि सवा पाँच करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेका छन् । नेपालका दुर्गम क्षेत्रमा सोसल विजनेशका परियोजना कार्यान्वयनका लागि सो रकम खर्च गरिने बताइएको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चौधरी फाउण्डेसनका प्रमुख कार्यकारी निर्वाण चौधरी र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनका अन्तर्राष्ट्रिय निर्देशक संजय खेतानले नेपाल सोसल विजनेश दोश्रो चरणको कार्यान्वनका लागि उक्त रकम खर्च गर्ने निर्णय गरिएको जानकारी दिए ।

सन् २०१४ मा शुरु भएको एनएसबीले नेपालका दुर्गम क्षेत्रका वासिन्दाको सामाजिक एवं आर्थिक अवस्था सुधारका लागि सोसल विजनेशका परियोजना कार्यान्वयनमा तीब्रता दिएको छ ।
पहिलो चरणमा एक सय वटा सोसल विजनेश अवधारणामा तालिम दिइएको छ । हालसम्म १२ वटा परियोजनामा लगानी भईसकेको बताइएको छ । साथै बाँकीमा लगानी गर्ने चरणमा रहेको जानकारी दिएको छ ।
एनएसबी चौधरी ग्रुपको मानवीय सहयोग सम्वन्धी निकाय चौधरी फाउण्डेसन र लायन्स क्लब इन्टरनेश्नल फाउण्डेसन (एलसिआइएफ) ले नेपालमा सोसल विजनेश प्रवद्र्धनका लागि स्थापना गरिएको संस्था हो । व्यवसायिक सोच भएका तर वीत्तिय स्रोतको अभावमा विजनेश शुरु गर्न नसकेको व्यवसायीहरुलाई एनएसबीले वीत्तिय स्रोत उपलब्ध गराउँछ ।
एनएसबी.द्वारा लगानी गरिएका परियोजनाहरुमा कर्णाली मितेरी उद्योग (जुम्ला), अर्गानिक फलपूmल तथा खाद्य प्रशोधन उद्योग (जुम्ला), दाङ होजियरी तथा गार्मेन्ट प्रा.लि. (दाङ), बागेश्वरी बहुउद्देश्यीय कृषि फार्म प्रा.लि. (सल्यान), महालक्ष्मी झोला उद्योग प्रा.लि. (कैलाली) र अजयमेरु ताम्राकार भाडाबर्तन प्रा.लि. (डडेल्धुरा) लगायतका रहेका छन् । थप परियोजनाहरुमा लगानी विस्तार गर्दै जाने नीति एनएसबीको छ ।
‘नेपाल सोसल विजनेशमार्फत् अगाडि बढाइएका परियोजनाले नेपालका दुर्गम क्षेत्रको सामाजिक एवं आर्थिक रुपान्तरणमा ठोस योगदान पु¥याउने विश्वास हामीले लिएका छौँ’, चौधरीले भने , । सोसल विजनेश नेपाली समाजको आर्थिक परिवर्तनको माध्यम बन्न सक्छ भन्ने सोंचका साथ प्रवद्र्धन गरिएको उनले बताए ।
सो अवसरमा लायन्स क्लब इन्टरनेशनल फाउण्डेसनका अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले नेपालको सामाजिक एवं आर्थिक मुहारमा परिवर्तन ल्याउन नेपाल सोसल विजनेश सार्थक हुने विश्वास ब्यक्त गरे ।

त्यस्तै व्यवसायिक सोंच र काम गर्ने जाँगर भएकाका लागि सोसल विजेनशले लगानी गर्ने पनि जानकारी दिए ।
लायन्स क्लब इन्टरनेशनल फाउण्डेसनका ट्रस्टी एनएस संकरनले नेपालमा कार्यान्वयन भैरहेका सोसल विजनेशका परियोजनाप्रति फाउण्डेसन सन्तुष्ट रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्