Logo

एभरेष्ट र नेशनल लाइफले धानेन बजार, बैंकिङ समुह घट्दा ३ अंकले ओर्लियो नेप्से

एभरेष्ट र नेशनल लाइफले धानेन बजार, बैंकिङ समुह घट्दा ३ अंकले ओर्लियो नेप्से


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । दिनभर एभरेष्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढेर उच्च कारोवार हुँदा पनि नेप्से परिसुचक भने ओरालो लागेको छ । प्रति किक्ता ८९ रुपैयाँले बढेर एभरेष्ट बैंकको ३८ करोड ९५ लाख रुपैयाँको सेयर खरिदविक्री हुँदा सोही समुहको परिसुचक भने ५ दशमलव ६१ अंकले ओरालो लगेको छ ।

यसैगरी बजारमा नेशनल लाइफ इन्स्योरेन्सको पनि सेयर मूल्य प्रतिकित्ता १ सय ९१ रुपैयाँले बढेर २२ करोड ७५ लाख रुपैयाँको कारोवार भएको छ । दिभनर २ कम्पनीको मात्र साढे ६१ करोड रुपैयाँको सेयर खरिदविक्री हुँदा बजार भने झन ओरालो लागेको छ ।

बजारमा ५ सय र १ हजार रुपैयाँका भारतीय मुद्रामा प्रतिवन्ध लगाएसँगै केही व्यापारीहरुले सेयर बजारबाट वाहिरिन थालेपछि परिसुचक घट्न थालेको सम्बद्ध लगानीकर्ताहरुको भनाइ छ । व्यवसायमा चल्नका लागि भारु प्रतिवन्ध भएपछि सेयर बजारबाट वाहिरिँदै अन्यत्र लगानी गर्न थालेका हुन् ।

बजार खुलेदेखि केही समय उकालो लागेको नेप्से अन्तत ३ अंकले घट्दै १ हजार ७ सयभन्दा तल आर्लिएको छ । बजारका सबैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ५ दशमलव ६१ अंकले घटेको छ । त्यसैगरी विकास बैंक समुह १४ अंकले घट्दा जलविद्युत समुह २४ अंकले ओरालो लाग्न पुगेको छ ।

तर बजारमा बीमा समुहको परिसुचक भने ६२ अंकले उकालो लागेको छ । यसैगरी होटल समुह ४२ अंकले बढ्दा अन्य र फाइनान्स समुह पनि सामान्य उकालो लागेका छन् ।

दिनभर कुल १ सय ३४ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १ अर्ब १९ करोड रुपैयाँ बरावरको १० लाख कित्ता सेयर खरिदविक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्