Logo

साताको अन्तिम दिन दाेहाेराे अंकले घटेर बन्द भयो बजार, कारोबार रकममा संकुचन

साताको अन्तिम दिन दाेहाेराे अंकले घटेर बन्द भयो बजार, कारोबार रकममा संकुचन



काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उत्तारचढाव गरिरहेको नेप्से अन्तिम समयमा १२.१० अंकले घट्दै २७ सय २७ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कुल ३ सय १६ कम्पनीका २ करोड १ लाख ५३ हजार ९ सय ९३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्ला दिनका तुलनामा न्युन हो ।

आज कारोबारमा आएकामध्ये लघुवित्त र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ । जसका कारण आज १ सय ३८ कम्पनीको सेयरमुल्य ओरालो लाग्दा जम्मा १ सय १ कम्पनीको सेयरमूल्य मात्रै बढेको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL