Logo

नेप्सेमा ९० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा ९० अंकको गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ९० अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा ९०.७३ अंकले घट्दै २७ सय ३९ को विन्दुमा झरेर रोकिएको हो ।

आज सबै समुहका परिसुचक ओरालो लाग्दा कारोबारमा आएकामध्ये २ सय १३ कम्पनीको सेयरमूल्यमा पहिरो गएको छ । यसरी आज जम्मा ३१ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।

आज कारोबार अवधिभर ३ सय २० कम्पनीका २ करोड ६५ लाख ८४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । आज सेयर बजारमा उच्च अंकको गिरावट आउँदा पनि ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL