Logo

लेन्टोका इन्भर्टर र स्ट्रिट लाइटको नेपालमा विक्री शुरु, आधिकारिक विक्रेतामा त्रिथुंगा ट्रेडिङ

लेन्टोका इन्भर्टर र स्ट्रिट लाइटको नेपालमा विक्री शुरु, आधिकारिक विक्रेतामा त्रिथुंगा ट्रेडिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बतास अर्गनाईजेसनको भातृ संस्था त्रिथुंगा ट्रेडिङ कन्सर्न प्रालिले लेन्टो ब्रान्डका सोलर इनभर्टर र स्ट्रिट लाइटको विक्री शुरु गरेको छ ।

कम्पनीले आफ्नो ब्यापारलाई बिस्तार गर्ने क्रममा लेन्टो इन्डष्ट्रिज प्रालि,इण्डियाबाट उत्पादित सामग्रीको आधिकारिक विक्रेताका रुपमा विक्री शुरु गरेको हो । लेन्टो सोलार इनभटर ५५० भीए देखि ५ हजार भीएसम्म र स्ट्रिल लाइट २०,४०,६० वाटमा उपलब्ध छ ।

सोलार इनभटर र स्ट्रि लाइटहरु,रिन्यूअल इनर्जी टेस्ट स्टेशन बाट क्वालिटी सर्टिफाइड भएका उत्पादन हुन् । अटोमोबाइलको क्षेत्रमा ख्याती प्राप्त बतास अर्गनाईजसनले यस संगै सोलार इनर्जीमा पनि व्यापार शुरु गरेको बताइएको छ ।

कार्यक्रममा बतास अर्गनाईजेसनका सिईओ शान्तराज बतास, त्रिथुंगा ट्रेडिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक डिल्लीराज सुवेदी, लेन्टो इन्डष्ट्रिज प्रालीका इन्टरनेशनल सेल्स एण्ड मार्केटिङ हेड आशिष श्रवास्तव र त्रिथुङगा कन्सर्नका म्यानेजर श्रीकृष्ण ढोडारीको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्