Logo

लिट्मस केबल्सको वायरिङ दमदार, घर शानदार अफर

लिट्मस केबल्सको वायरिङ दमदार, घर शानदार अफर



काठमाडौँ । लिटमस केबल्सले नजिकिँदै गइरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शानदार’ योजना ल्याएको छ ।

यो योजना अन्तर्गत, ५ भाग्यशाली विजेताहरूले हरेक हप्ता एयरपड्स, ड्रिल मेसिन, राइस कुकर, ब्याग प्याक, र इलेक्ट्रिक केटल जस्ता आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ३५ हजार बराबरको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिल (अनिवार्य) सहित लिटमस केबलले वायरिङ गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९७०४५१८४६७ मा ह्वाट्स एप गरी पठाउनु पर्ने कम्पनीले जनाएको छ ।

यसका साथै, बम्पर लक्की ड्र मार्फत सहभागीहरूले टिभी, वासिङ मेसिन, रेफ्रिजिरेटर वा मोबाइल फोनजस्ता आकर्षक उपहार पनि जित्न सक्ने छन् । यो योजना भदौ १५ देखि असोज ३० सम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL