Logo

दिनभर उत्तारचढावबीच सामान्य अंकले बढ्यो नेप्से, साढे १३ अर्ब माथिको कारोबार

दिनभर उत्तारचढावबीच सामान्य अंकले बढ्यो नेप्से, साढे १३ अर्ब माथिको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ दिनभर उत्तारचढाव हुँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । दिनभर उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ६.९० अंकले बढ्दै २८ सय ३०.१६ को विन्दुमा उक्लेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २८ कम्पनीका ३ करोड ५ लाख ९९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये ८ समुहको परिसुचक ओरालो लागेका छन् भने बाँकी ५ समुहको परिसुचकमा भने वृद्धि देखिन्छ । जसका कारण मंगलबार १ सय ३३ कम्पनीको सेयरमूल्य घट्दा १ सय ६ कम्पनीको सेयरमुल्य उकालो लागेको छ । आज ५ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार १२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्