Logo

सेयर बजारमा फेरि देखियो उत्साह, १२७ अंकले बढेको बजारमा १३ अर्ब १० करोडको कारोबार

सेयर बजारमा फेरि देखियो उत्साह, १२७ अंकले बढेको बजारमा १३ अर्ब १० करोडको कारोबार



काठमाडौं । पछिल्लो समय केहि सुस्ताएको सेयर बजार यो साताको दोस्रो कारोबार दिन ‘सोमबार’ उच्च अंकले उकालो लागेको छ । सेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज १२७.३२ अंकले उकालो लाग्दै २८ सय २३.२५ को विन्दुमा पुगेर रोकिएको छ । यसअघि आईतबारसम्म नेप्से घटेर २६ सयको विन्दुमा झरिसकेको थियो ।

सोमबार कारोबार अवधिभर नेप्से उकालो लाग्दा कारोबार रकममा पनि केहि सुधार देखिएको छ । आज कुल ३ सय ३५ कम्पनीका ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १३ अर्ब १० करोड ४६ लाख ३१ हजार माथि पुगेको छ ।

आज सबै समुहको परिसुचकहरु उकालो लाग्दा २ सय ३९ कम्पनीको सेयरमूल्यमा उछाल आएको छ । जसमध्ये १० कम्पनीको सेयरमूल्यमा सर्किट लेभलको कारोबार भएको छ । आज जम्मा ५ कम्पनीको सेयरमूल्य मात्रै ओरालो लागेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्