Logo

नाडा अटो शो मा स्काइवेल : ६ दिनमा १२६ प्रिमियम इभी बुकिङ

नाडा अटो शो मा स्काइवेल : ६ दिनमा १२६ प्रिमियम इभी बुकिङ



काठमाडौं । गत हप्ताको मंगलबारदेखि जारी नाडा अटो शो २०२४मा स्काइवेल ब्राण्डका १ सय २६ प्रिमियम इभी बुकिङ भएका छन् । नेपालमा स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले दिएको जानकारी अनुसार पछिल्लो ६ दिनमा उक्त संख्यामा गाडीहरु बुक भएका हुन् ।

कम्पनीले नाडा अटो शोमा तीन वटा भेरियन्ट प्रदर्शनमा राखेको छ– इटी ५ र बीई ११ का दुई भेरियन्ट । जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि स्पेशल मूल्य ४१० किमी बिई ११ को ७५ लाख ९० हजार रुपैयाँ, बिई ११ को ५२० किमीको मूल्य ८५ लाख ९० हजार रुपैयाँ र एबम ईटी ५ को मूल्य १ करोड १० लाख रुपैयाँ तोकेको छ । यो मूल्य भने कम्पनीले सिंगल चार्जमा दिने रेन्जका आधारमा तोकिएको बताईएको छ ।

कम्पनीले बीई११ का दुई मोडलमा क्रमशः ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर क्षमताको ब्याट्री राखीएको जानकारी दिएको छ । यी दुबै गाडीमा १५० किलोवाटको मोटर स्थापित छ । यी दुई मोडलले सिंगल चार्जमा क्रमशः ४१० र ५२० किलोमिटर रेन्ज दिने बताईएको छ । यी दुई मोडलको मूल्य क्रमशः ७९ लाख ९० हजार रुपैयाँ र ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

यी तीनै मोडलका गाडी कच्ची सडकका लागि उपयुक्त रहेको पनि कम्पनीले जानकारी दिएको छ । यसमा सुरक्षाका लागि ६ वटा एयर ब्याग छन् । इमर्जेन्सी एक्जिट डुअर र हाइड्रोलिक ब्रेक सिस्टम पनि राखिएको छ ।

साथै यी गाडीहरूमा म्यानुअल, रिमोट र लेग सेन्सर गरी तीन तरिकाले टेल गेट खोल्न सकिने विशेषता छ । आकस्मिक समयमा कुनै अर्को ईभी गाडीलाई चार्ज दिनुपर्याे भने पनि यसबाट दिन सकिन्छ । यी गाडीहरू आधा घण्टाभित्र ३०–८० प्रतिशतसम्म छिटो गतिमा चार्ज हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले उक्त गाडीहरुको बुकिङमा ५ लाख रुपैयाँसम्मको आकर्षक छुट सुविधा पनि दिएको छ । नाडा अटो शो भरी १ लाख रुपैयाँ न्युनतम जम्मा गरेर बुकिङ गर्न सकिने स्काईवेलका गाडीहरु शनिबार रातिसम्म ९९ ओटा बुक भईसकेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL