Logo

सेयर बजारमा ५३ अंकको गिरावट, कारोबार साढे १० अर्बमा सीमित

सेयर बजारमा ५३ अंकको गिरावट, कारोबार साढे १० अर्बमा सीमित



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आइतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको पहिरो गएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ५३.६३ अंकले घट्दै २६ सय ९५ को विन्दुमा झरेको छ ।

आज कारोबार अवधिभर ३ सय ३७ कम्पनीका २ करोड ६२ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँमा सीमित भएको छ ।

आव म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लाग्दा २ सय ९ कम्पनीको सेयरमुल्य घटेको छ भने बाँकी ३१ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ । आज ३ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्