Logo

सेयर बजारमा सुधारको संकेत, परिसुचक र कारोवार रकम दुवै बढ्यो

सेयर बजारमा सुधारको संकेत, परिसुचक र कारोवार रकम दुवै बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही दिन अघिदेखि निरन्तर घटेर लगानीकर्ताहरुलाई थरथर बनाइरहेको नेपाल स्टक एक्स्चेन्ज नेप्सेको कारोबार कक्षमा यस हप्तादेखि केही आशालाग्दो स्थिति देखिएको छ ।

सोमबार पनि बजार हरियो संकेत दिदै अर्थात ६ अंकभन्दा बढीले बढ्यो । कारोबार रकममा पनि केही सुधार देखियो र ७८ करोड रुपैयाँको कारोबार भयो । दशै तिहारपछि सेयर बिक्री गर्न हतारिएका लगानीकर्ताहरुलाई यो खुसीको खबर हो । तर दशैअघिदेखि घटेको मूल्य अनुसार उनीहरुको प्रतिफल देखिएको छैन । बजारले निरन्तर घटेर १७०० अंकभन्दा तल नझर्ने संकेतचाहि देखाएको छ ।

भारुको कारोबारमा लागेको धक्का,तरलताको समस्या, चुक्ता पुँजी वृद्धिको आकर्षण घट्दै गैसकेको र लगानीकर्ताहरु नाफा बुक गर्ने मनस्थितिमा पुगेकोले बजार निरन्तर घटिरहेको थियो । पछिल्लो समय भारुको कडाईपछि दोहोरो नागरिकता भएका लगानीकर्ताहरु बजारबाट फिर्ता हुने भयले बजार अझ घटेको थियो ।

सोमबार बैंक र बीमा समुहको परिसुचकालो लाग्दा समग्र नेप्से परिसुचक बढ्न गएको हो । बजार खुलेदेखि उकालो लागेको नेप्से अन्तत १ हजार ७ सय ६ अंकमा पुगेर अडिएको छ । यसैगरी बजारमा फाइनान्स, उत्पादनमुलक र होटल समुहका परिसुचक पनि बढेका छन् ।

आज कारोवार रकममा पनि सामान्य बृद्धि हुँदै ७८ करोड रुपैयाँ पुगेको छ । दिनभर कुल १ सय ३१ कम्पनीको ८ लाख ५६ हजार कित्ता सेयर खरिदविक्री भएको छ । जसमा सवैभन्दा बढी एभरेष्ट बैंकको १२ करोड रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्