Logo

फोटोनले विश्वभर मनायाे २८औं वार्षिकोत्सव, नेपालमा केक काटेर सम्पन्न

फोटोनले विश्वभर मनायाे २८औं वार्षिकोत्सव, नेपालमा केक काटेर सम्पन्न



काठमाडौं । सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८ औं वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपालमा यो अवसरलाई एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नाडा अटो शोमा भव्य समारोहका साथ मनाएको थियो ।

फोटोनले नेपाली बजारमा कुशल र भरपर्दो व्यावसायिक सवारी साधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप उजागर गर्दै नाडा अटो शोमा आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको थियो। कार्यक्रममा एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, सीईओ तुषार गुप्ता लगायत फोटन नेपालका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको थियो।

नाडा अटो शोमा केक काटी कम्पनीको निरन्तर सफलता र स्थानीय समुदायको सेवामा समर्प्रित रहेको सन्देश दिए ।
एमएडब्लु वृद्धि कमर्शियल भेहिकल, फोटोन मोटर्सको आधिकारिक वितरक (चीनको नम्बर ज्ञ कमर्शियल भेहिकल निर्माता) ले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान जस्ता कुशल र भरपर्दो सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ ।

फोटोनको उत्कृष्ट प्रमाणित ट्र्याक रेकर्ड र नयाँ टेक्नोलोजीहरुको प्रतिबद्धताले फोटोनलाई नेपाली बजारमा निरन्तर वृद्धि र सफलताको लागि थप स्थान दिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL