Logo

३६ अंकले घट्यो नेप्से, १२ अर्ब २४ करोडको कारोबार

३६ अंकले घट्यो नेप्से, १२ अर्ब २४ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३६.८३ अंकले घट्दै २७ सय ४९.५७ को विन्दुमा झरेर बन्द भएको हो ।

आव ३ सय २२ कम्पनीका २ करोड ८३ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ बढी पुगेको छ ।

आज कारोबार अवधिभर म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लाग्दा १ सय ८८ कम्पनीको सेयरमूल्य घटेको छ । यसमध्ये बाँकी रहेका ५३ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।
आज दुई कम्पनीको सेयरमूल्यमा सर्किट लेभलको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्