Logo

पारामाउन्ट मोटर्सको ‘नाडा दशैं’ अफर, अब वुलिङको विंगो इभी २९ लाखमै

पारामाउन्ट मोटर्सको ‘नाडा दशैं’ अफर, अब वुलिङको विंगो इभी २९ लाखमै



काठमाडौं । नेपालमा वुलिङ मोटर्सको आधिकारिक वितरण पारामाउन्ट मोसर्टले ‘नाडा दशैं’अफर सार्वजनिक गरेको छ । नाडा अटो शो २०२४ लाख लक्षित गर्दै कम्पनीले वुलिङको विंगो विद्युतीय गाडी आकर्षक दरमै उपलब्ध गराउनेगरी उक्त अफर सार्वजनिक गरेको हो ।

सीमित समयका लागि सार्वजनिक गरिएको उक्त अफर अन्तर्गत उक्त ह्याचब्याक गाडी २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

आकारमा सानो भएपनि यो गाडीभित्र प्रसस्त मात्रामा खाली ठाउँ रहेको छ । साथै, अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेकले यात्रुको सुरक्षा सुनिश्चित गर्दछ। यो प्रिमियम हैचब्याक उच्च-प्रदर्शन लिथियम फेरो-फास्फेट ब्याट्रीसँग सुसज्जित छ । आइपी६७ मानकको छ, जसले एकपटक चार्जमा ३३३ किमि सम्मको दायरा उपलब्ध गराउँछ।

प्रतिक्रिया दिनुहोस्
MBL