Logo

विदेशी संस्थालाई स्थानीय मुद्रामा बण्ड जारी गर्न खुला, रियल सेक्टरले १० प्रतिशत सेयर जारी गर्न सक्ने

विदेशी संस्थालाई स्थानीय मुद्रामा बण्ड जारी गर्न खुला, रियल सेक्टरले १० प्रतिशत सेयर जारी गर्न सक्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अन्तरराष्ट्रिय वित्तीय संस्थाले नेपाली मुद्रामा बण्ड जारी गर्न पाउने भएका छन् । नेपाल सरकारको अर्थ मन्त्री स्तरीय निर्णयले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ मा परिमार्जन गरी उक्त व्यवस्था गरेको हो ।

उक्त नियमलाई धितोपत्र बोर्डले मंसिर १ गतेदेखि नै लागू गर्ने भएको छ । नयाँ नियम अनुसार रियर सेक्टरले न्युनतम १० प्रतिशतसम्म पनि प्राथमिक सेयर जारी गर्न पाउने भएको छ । आगामी दिनमा यदि कुनै कम्पनीलाई सेयर जारी गर्न मन लागेको प्रिमियम मूल्यमा १० प्रतिशत सेयर जारी गर्न सक्नेछ ।

वास्तविक क्षेत्रका संगठित संस्थाहरुले न्यूनतम १० प्रतिशतमात्र पनि सार्वजनिक निष्काशनमा जाने पाउने व्यवस्थाले धितोपत्र बजारमा थुप्रै कम्पनीहरु आउने बोर्डको विश्वास छ । साथै, स्वार्थ बाझिने गरी धितोपत्रको निष्काशन/वितरणगर्न नपाउने, धितोपत्र दर्ता तथा दस्तुर बुझाउने व्यवस्थालाई सरलीकृत गर्दा बजार अझ मझबुद हुने भएको छ ।

नयाँ नियमावली लागू भएपश्चात वास्तविक क्षेत्रका संगठित संस्थाहरुको बजार प्रवेशलाई प्रोत्साहन हुने, दोस्रो बजारका संरचनात्मक सुधार तथा अन्तरराष्ट्रि वित्तीय संस्थाले स्थानीय मुद्रामा बण्ड जारी गर्न पाउने व्यवस्थाले बजारमा विस्तार भनाइ अझ शसक्त हुने बोर्डले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्