Logo

नाडा अटो शो को पहिलो दिनमै सीजी मोटर्सलाई सफलता, एकैदिन २७ बुकिङ प्राप्त

नाडा अटो शो को पहिलो दिनमै सीजी मोटर्सलाई सफलता, एकैदिन २७ बुकिङ प्राप्त



काठमाडौं । नाडा अटो शो २०८१ को पहिलो दिनमै सीजी मोटर्सले विभिन्न २७ बुकिङ प्राप्त गर्न सफल भएको छ । नाडा अटो शो मा सीजी मोटर्सका विभिन्न ब्राण्डका गरी ८ वटा स्टल प्रदर्शनमा राखिएको छ। उक्त शो को पहिलो दिनमा नै सीजी मोटर्सले २७ वटा बुकिङ प्राप्त गर्न सफल भएको हो ।

सीजी मोटर्सले नेपाली बजारमा नाडा अटो शो मार्फत नै सार्वजनीक गरेको अवतार ११ को ३ वटा बुकिङ पहिलो दिनमा नै भएको छ र आगामी दिनहरुमा पनि राम्रो बुकिङ आउने कम्पनीको अनुमान छ।

त्यसैगरी नाडा मार्फत नै सार्वजनिक गरिएको रिडारा आरडी ६ को ५ वटा बुकिङ प्राप्त गर्न कम्पनी सफल रहेको छ र यो सँगै नाडा मार्फत नै सार्वजनिक गरिएको एक्स पेङ को ६ वटा बुकिङ प्राप्त भएको छ।

नेपाली बजारमा लोकप्रिय रहेको नेटा भीको को पनि ६ वटा बुकिङ प्राप्त भएको छ भने नाडामा नै सार्वजनिक गरिएको नेटा एक्स मोडलको पहिलो दिनमा ७ वटा बुकिङ प्राप्त गर्न कम्पनी सफल रहेको छ।

यसरी पहिलो दिनमा २७ वटा बुकिङ प्राप्त गर्न सफल रहेको सीजी मोटर्सले नाडा अटो शो को अन्त्यसम्ममा आफ्ना विभिन्न ८ वटा ब्राण्डहरु मार्फत २०० वटाभन्दा धेरै बुकिङ्ग हासिल गर्ने कम्पनीको अनुमान रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL