Logo

नेप्से ३ अंकले बढ्दा ७३ करोडको कारोवार, एभरेष्टका लगानीकर्ताले कमाए

नेप्से ३ अंकले बढ्दा ७३ करोडको कारोवार, एभरेष्टका लगानीकर्ताले कमाए


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही सयमयता लगातार ओरालो लगागेको नेप्से परिसुचक यो साताको पहिलो दिन सामान्य उकालो लागेको छ । बजार दिनभर उत्तरचढाव हुँदै अन्तमा नेप्से परिसुचक २ दशमलव ८३ अंकले बढ्न पुगेको छ ।

बैंकिङ र बीमा समुहको परिसुचक बढेसँगै नेप्सेमा सामान्य टेवा पुगेको हो । बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक २ दशमलव ७ अंकले बढ्दा बीमा समुहको परिसुचक ३९ अंकले उकालो लागेको छ । यसैगरी बजारमा विकास बैंक, फाइनान्स र अन्य समुहका परिचुक पनि सामान्य उकालो लागेका छन् ।

बजारमा एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १ सय ६ रुपैयाँले बढ्दा सो समुहको परिसुचक बढ्न पुगेको हो । दिनभर एभरेष्ट बैंकको २० करोड ४३ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । आइतबार कुल १ सय ३७ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ७३ करोड २१ लाख रुपैयाँ बरावरको ८ लाख ६२ हजार किक्ता सेयर खरिदविक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL