Logo

नेपाली बजारमा भित्रियो मम्स ब्राण्डका खाद्य सामग्री, प्लाण्ट समेत स्थापना गर्दै

नेपाली बजारमा भित्रियो मम्स ब्राण्डका खाद्य सामग्री, प्लाण्ट समेत स्थापना गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली बजारमा भारतीय कम्पनीको उत्पादन मम्स ब्राण्डका उत्पादनहरु भित्रिएको छ । भारतीय कम्पनी आम्रपाली बायोटेक इन्डिया प्रालिले उत्पान गर्दै आएको मम्स ब्राण्डका सामग्रीहरु नेपाली बजारमा भित्रिएको हो ।

एक कार्यक्रमबीच आम्रापाली बायोटेक इन्डियाका प्रमुख डा. अनिलकुमार शर्मा, निर्देशक द्धय रितिक सिन्हा र डा. स्वप्निल शिखा तथा सेल्स एण्ड मार्केटिक प्रमुख उपाध्यक्ष प्रभातकुमार सिंले सो उत्पानको नेपाली बजारमा सार्वजनिक गरेका हुन् ।

जस अनुसार नेपाली बजारमा मम्स ब्राण्डका चोकोफ्लेक्स, चोकोफिल्स, मुसली र पोरिजको औपचारिक रुपमा बिक्रीवितरण थालिएको हो ।

मम्सका अचार, जाम, कर्नफ्लेक्स, जुस, ससलगायतका ७२ भन्दा बढी प्रडक्टको कारोबार भइरहेको छ । मम्स कम्पनीका उत्पादन नेपाली बजारमा निक्सोन एक्सपोर्ट इम्पोर्ट प्रालि, सन्तोष भेराइटीज र प्रथम ट्रेड लाइन प्रालिले बिक्रीवितरण गरिरहेका छन् ।

भारतीय बजारमा फुड प्रडक्टमा सबैभन्दा धेरै कारोबार गरिरहेको आम्रपाली ग्रुपले भुटान, बंगलादेश र मिडिलइस्टका बिभिन्न देशमा आफ्ना उत्पादन बिक्रीवितरण गरिरहेको कम्पनीले जानकारी दिएको छ । निकट भविष्यमा नेपालमै प्लान्ट राखेर उत्पादनगर्ने लक्ष्य रहेको समेत कम्पनीले जानकारी दिएको छ । नेपालमा उत्पादन गरेर भारतका बिहारलगायतका प्रान्तमा कारोबार गर्ने लक्ष्य लिएको आम्रपाली ग्रुपका नेपाल स्थित कन्ट्री हेड जनक ओलीले जानकारी दिए ।

सो कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिं धोनी रहेका छन् । मम्सका उत्पादनहरु नेपालका सबै जनरल स्टोर र सुपरस्टोरहरुमा उपलब्ध छन् ।

आम्रापाली बायोटेक इन्डियाका चेयरमेन डा. अनिलकुमार शर्माले नेपालसँग आफ्नो सम्बन्ध बिबिध कारणले नजिक भएकै कारण भारतमा भन्दा पहिले नेपालबाट आफ्नो प्रडक्ट लंच गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्