Logo

टाटाकाे पन्च इभी सार्वजनिक, यस्तो छ बजारमुल्य

टाटाकाे पन्च इभी सार्वजनिक, यस्तो छ बजारमुल्य



काठमाडौं । टाटाको पन्च गाडी नेपालमा सार्वजनिक भएको छ । मंगलबारदेखि भृकुटीमण्डपमा नाडाको आयोजनामा सुरु भएको १६औं संस्करणको नाडा अटो शोमा नेपालका लागि आधिकारिक वितरण सिप्रदी ट्रेडिङले उक्त गाडी सार्वजनिक गरेको हो ।

कम्पनीले नाडा शोको पहिलो दिन सार्वजनिक टाटा पन्चको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ। कम्पनीले नेपालमा पन्चकै ३ भेरियन्ट सार्वजनिक गरेको छ । जसमा एस एमआर भेरियन्टको ३३ लाख ९९ हजार, एलआर भेरियन्टको ३६ लाख ९९ हजार र एस एलआर भेरियन्टको ३८ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको हो ।

टाटाले पन्च ईभीमा भेन्टिलेटेड सिट दिएको छ। ३६० डिग्री क्यामेरा र सेन्टर कन्सोलमा दिएको रोटरी गियर सेलेक्टर यसको अर्को उत्कृष्ट फिचर हो ।। इलेक्ट्रीक पार्किङ ब्रेक तथा वायरलेस मोबाइल चार्जिङ प्याड प्रयोग गर्न एकदमै सहज छ।

प्रतिक्रिया दिनुहोस्