Logo

लिप मोटर्सको सी-१० एसयुभी सार्वजनिक, सिंगल चार्जिङमा ४२० किलोमिटर कुदाउन मिल्ने

लिप मोटर्सको सी-१० एसयुभी सार्वजनिक, सिंगल चार्जिङमा ४२० किलोमिटर कुदाउन मिल्ने



काठमाडौं । लिप मोटर्सको आधिकारिक विक्रेता साँग्रिला मोटर्सले नेपाली बजारमा सी-१० सार्वजनिक गरेको छ । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमार्फत कम्पनीले उक्त एसयुभी नेपालमा सार्वजनिक गरी बुकिङ खुल्ला गरेको हो ।

कम्पनीले उक्त गाडीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ खुला गरेको हो । यो मूल्य नाडा अटो शो अवधिमा बुकिङ गर्नेहूका लागि मात्रै लागू हुने कम्पनीले जानकारी दिएको छ । यसको प्रारम्भिक मूल्य भने ६९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीको भनाई छ ।

उक्त एसयूभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ४३५ लिटरको बुट स्पेश र २८२५ एमएम लामो ह्वील वेस दिइएको छ । एक्सटेरियरमा क्लोज अफ ग्रिल, एलइडी हेडलाइट, डे टाइम रनिङ लाइट, रुफ र्याक, पानारोमिक शनरुफ, पावर टेलगेट, रियर प्राइभेसी ग्लास, हिडन डोर ह्याण्डल दिइएको छ ।

यसको भित्र सफ्टटच मेटेरियरल प्रयोग गरेर बनाइएको ड्यासबोर्ड, चालकको हाइट अनुसार ४ तरिकाले मिलाउन मिल्ने स्टेरिङ, हिडन एसी भेन्ट, हिटेड र भेन्टिलेटेड सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, एम्बीयन्ट लाइट, हिटेड स्टेरिङ जस्ता प्रिमियम फिचर छन् ।

१०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले र १४‍.६ इन्चको सेन्ट्रल टच स्कृन दिइएको एसयूभीमा वायरलेस चार्जर, १२ स्पीकर, इन्टेलिजेन्ट ड्राइभर एसिस्ट सिस्टम दिइएको छ । यस भित्र झण्डै दुई दर्जन सेफ्टी फिचर छन् ।

लिप मोटर्सले यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ । गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL