Logo

पल्सरका दुई मोडलको उत्पादन बन्द, बीएसआइभी इन्जिनमा अपगे्रड गरिने

पल्सरका दुई मोडलको उत्पादन बन्द, बीएसआइभी इन्जिनमा अपगे्रड गरिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बजाजले आफ्नो लोकप्रिय पल्सर एएस २०० र एएस १५० को उत्पादन केही समयका लागि बन्द गरेको छ ।

कम्पनीले पल्सर २२० एफलाई नयाँ बीएसआइभी इन्जिनमा अपग्रेड गरेको थियो । अब २०० र १५० सँगै सबै पल्सर सिरीज नै अपग्रेड गर्ने भएको छ ।

एएस १५० र २०० भने चाँडै नयाँ इन्जिनमा बजारमा आउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्