Logo

नाडा अटो शोमा नयाँ जेड सिरिज आउँदै, यस्ता छन् विशेषता

नाडा अटो शोमा नयाँ जेड सिरिज आउँदै, यस्ता छन् विशेषता



काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका चार पांग्रे सवारी साधनका आधिकारिक वितरक सीजी मोटोकर्पले, नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्न तयार गरेको छ । सीजी मोटोकर्पका अनुसार, गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिनेछ भने मूल्यको जानकारी पनि त्यसबेलामा उपलब्ध हुनेछ ।

२००५ सालमा लन्च भएदेखि नै स्विफ्ट, नेपाली अटोमोबाइल क्षेत्रमा स्टाइल र स्पोर्टीनेसको पर्यायबाचिको रुपमा रहँदै आएको छ । स्विफ्टलाई नेपाली ग्राहकहरूले यसको स्पोर्टी लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस, र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण रुचाएको हो ।

नयाँ एपिक स्विफ्टको नयाँ जेड–सिरिज इन्जिन आधुनिक पावरट्रेन हो जसले परफर्मेन्स र सस्टेनेबीलिटीको नयाँ आयाम ल्याउँछ, जसले यसलाई आफ्नो सेग्मेन्टमा सबैभन्दा उत्तम ह्याचब्याक बनाउँछ । एपिक नयाँ स्विफ्टमा थुप्रै नया युगका प्रविधि र फिचरहरु समाबेश गरेको छ, जसले ग्राहकको ड्राइभिङ अनुभव आरामदायी र रमाइलो हुने कम्पनीले जनाएको छ।

नयाँ स्विफ्टको विशेषताहरुलाई पाँच प्रकारले परिभाषित गर्न सकिन्छ १. आकर्षक एक्सटेरियर, २. आरामदायी क्याविन, ३. आधुनिक सेफ्टी सिस्टम, ४. रमाइलो ड्राइभिङ अनुभव र ५. उन्नत प्रविधि। यसमा प्रयोग गरिएको नयाँ ‘र्वाप अराउन्ड क्यारेक्टर लाइन’ स्विफ्टलाई अझै स्पोर्टी र स्टाइलिश बनाउछ ।

क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाईन’ सहितको नयाँ लेआउट छ जसले प्रिमियम फिल र आरामदायी ड्राइभिङ अनुभव प्रधान गर्नेछ । स्विफ्टको सिगनेचर सिल्हाउटलाई कायम राख्दै नयाँ स्विफ्टमा कmयपथ एलईडी प्रोजेक्टर हेडलाइटहरू र बुमर्याङ एलईडी डीआरएल, कालो फ्रन्ट ग्रिल, एलईडी फ्रन्ट फग लाइट, सिगनेचर एलईडी रियर ल्याम्प्स र ३८.१० सेन्टिमिटर (१५ इन्च) टू–टोन एलोय व्हिल्सले स्विफ्ट को लुक्स अझै फ्युचरिस्टीक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL