Logo

साताको अन्तिम कारोबार दिन ६ अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार १९ अर्ब माथि

साताको अन्तिम कारोबार दिन ६ अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार १९ अर्ब माथि



काठमाडौं । साताको अन्तिम दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै बन्द भएको छ । गत हप्ता लगातार उकालो लागेको सेयर बजार यो हप्ता भने केहि सुस्ताउँदै अन्तिम कारोबार दिन ६.०१ अंकले बढ्दै २९७४.४६ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय ३३ कम्पनीका ४ करोड ९ लाख ५१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँ नाघेको छ । आज कारोबारमा आएकामध्ये ६ समुहको परिसुचक ओरालो लाग्दा अन्य ७ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ ।

आज १ सय ३२ कम्पनीको सेयरमुल्य उकालो लाग्दा १ सय ९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज साइन रेसुङ्गा विकास बैंकको सेयर कारोबार १ अर्ब ३ करोड रुपैयाँ बढीको भएको छ ।

प्रतिक्रिया दिनुहोस्