Logo

एमजी हेक्टरले पायो उच्च उचाइसम्मको सडक यात्रा गर्न सक्ने उपाधि, ६६ घण्टामा ३८ सय किलोमिटर पार

एमजी हेक्टरले पायो उच्च उचाइसम्मको सडक यात्रा गर्न सक्ने उपाधि, ६६ घण्टामा ३८ सय किलोमिटर पार



काठमाडौं । एमजी मोटर इण्डियाको एसयूभी एमजी हेक्टरले भारतमा आफ्नो ५ वर्षको वार्षिकोत्सव मनाउँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

माउन्टेन गोटसँगको सहकार्यमा, एमजी हेक्टरले भारत बुक अफ रेकर्ड्समा सबैभन्दा कम उचाईबाट सबैभन्दा उच्च उचाईसम्मको सडक यात्रा शीर्षकमा प्रतिष्ठित उपाधि जितेको हो। यो अभियान २७ जुलाई २०२४ मा दिउँसो १ः३० बजे केरलाको कुट्टानाडबाट सुरु भएर, ३० जुलाई २०२४ मा बिहान ८ः२८ बजे लद्दाखको उम्लिंगला मा सम्पन्न भयो। यो यात्राले ३ हजार ८ सय ४६ किलोमिटर कभर गर्दै जम्मा ६६ घण्टा ५८ मिनेटमा सम्पन्न भयो, जसले एमजी हेक्टरलाई यो उपलब्धि हासिल गर्ने सबैभन्दा छिटो एसयूभी बनाएको छ।

हरेक सडक अवस्था अनुकूल बनाउन डिजाइन गरिएको यस एसयूभीले आफ्नो सुरुवाती वर्षमै २५,००० युनिट बिक्रीको आँकडा पार गर्यो र फेब्रुअरी २०२१ सम्ममा ५०,००० युनिटको महत्वपूर्ण उपलब्धि हासिल गर्यो। ५०,००० औं हेक्टर गुजरातको वडोदरा स्थित एमजीको हलोल प्लान्टमा सम्पूर्ण महिलाहरूको टोलीद्वारा निर्माण गरिएको थियो।

उच्च(शक्ति स्टील, हॉट(स्ट्याम्प गरिएको बी पिलर, बाक्लो ढोका प्यानलहरू, र रोल(फर्म गरिएको ट्युबुलर स्टील ढोकाहरूको साथ निर्माण गरिएको हेक्टरले यात्रुहरूको सुरक्षालाई बढाउने उद्देश्य राखेको छ। यसका प्रमुख सुरक्षा विशेषताहरूमा छ एयरब्याग, ३६० डिग्री एचडी क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ट्र्याक्सन कन्ट्रोल सिस्टम, हिल असिस्ट कन्ट्रोल, सबै चार पाङ्ग्रामा डिस्क ब्रेक, सबै सिटहरूका लागि ३ प्वाइन्ट सिट बेल्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, र अगाडि पार्किङ सेन्सरहरू छन्। यस एसयूभीमा ट्राफिक जाम असिस्ट र अटो टर्न इन्डिकेटर्स जस्ता एडभान्स ड्राइभर असिस्टेन्स सिस्टमहरू पनि छन्, जसले सुरक्षित र आरामदायी ड्राइभिङ अनुभव सुनिश्चित गर्छ।

एमजी हेक्टरले भारतकै सबैभन्दा ठूलो ३५।५६ सेमी ९१४ इन्च० एचडी पोर्ट्रेट इन्फोटेन्मेन्ट प्रणाली नयाँ प्रयोगकर्ता इन्टरफेससहित प्रदान गर्दछ।

प्रतिक्रिया दिनुहोस्