Logo

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम पौने २९ अर्ब नाघ्यो

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम पौने २९ अर्ब नाघ्यो



काठमाडौं । गत हप्ता लगातार उकालो लागेको सेयर बजार यो हप्ताको पहिलो कारोबार दिनमै उच्च अंकले घट्न पुगेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३४.४७ अंकले घट्दै २९ सय ६६.३३ को विन्दुमा ओर्लिएको हो ।

आज कुल ३ सय ३० कम्पनीका ६ करोड ५४ लाख ७५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार माथि पुगेको छ ।

आज बजारमा कारोबारमा आएकामध्ये बैंकिङ, जीवन बीमा, निर्जीवन बीमा र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । यसरी आज ४७ कम्पनीको सेयरमुल्य मात्रै उकालो लाग्दा १ सय ९७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्