Logo

एफएनसीसीआइ र आइक्यानका प्रतिनिधि धितोपत्र बोर्डको सदस्य हुन नपाउने, यस्तो छ नयाँ ऐनको व्यवस्था

एफएनसीसीआइ र आइक्यानका प्रतिनिधि धितोपत्र बोर्डको सदस्य हुन नपाउने, यस्तो छ नयाँ ऐनको व्यवस्था



काठमाडौं । अब नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का प्रतिनिधि नेपाल धितोपत्र बोर्डको बोर्ड सदस्य हुन नपाउने भएका छन् । संसदमा दर्ता भएको ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था गरिएको हो ।

यसअघि धितोपत्र ऐनमा बोर्डको सदस्यको रुपमा यी दुई संस्थाको प्रतिनिधि रहने व्यवस्था भएकोमा अब भने उनीहरुको सहभागिता नरहने भएको हो । नयाँ बनेको विधेयकमा ऐनको दफा ३ को उपदफा (२) को खण्ड ‘ङ’ र ‘च’ हटाईएको छ ।

विधेयकमा स्वार्थ बाझिन सक्ने बिषयलाई न्यूनीकरण गर्नका लागि यी दुई निकायका प्रतिनिधिलाई बोर्डको सदस्य हुन नपाउने व्यवस्था गरिएको उल्लेख छ । अब बोर्डको बोर्ड सदस्यमा नेपाल सरकारले नियुक्त गरेको अध्यक्ष, अर्थमन्त्रालयको सहसचिव, कानुन मन्त्रालयको सहसचिव, नेपाल राष्ट्र बैंकको प्रतिनिधि र नेपाल सरकारले मनोनित गरेको एक जना मात्र सदस्यका रुपमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL