Logo

सेयर बजार निरन्तर ओरालो बाटोमा, किन अतालिदैछन् लगानीकर्ता ?

सेयर बजार निरन्तर ओरालो बाटोमा, किन अतालिदैछन् लगानीकर्ता ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लगानीकर्ताको अनुमान विपरित सेयर बजार दैनिक ओरालो लागेको छ । तिहार तथा छठ पछि सेयर बजार बढ्ने अनुमान गरिएपनि सो विपरित बजार घटेको हो ।

सोही ट्रेन्डलाई पछ्याउँदै बुधवार नेप्से परिसुचक २७ दशमलव ६३ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ६ सय ९६ दशमलव ८६ अंकमा झरेर बन्द भएको हो ।

कारोवारमा आएका सवै समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।

बुधवार बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ५८ दशमलव ८६ अंकले घटेको छ । त्यस्तै होटल ६३ दशमलव ७५,जलविद्युत ३७ दशमलव ५, विकास बैंक ३५ दशमलव ९ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २४ दशमलव ७ अंकले ओरालो लागेको छ ।

त्यसैगरी अन्य र फाइनान्स समुहको परिसुचक क्रमशः ११ दशमलव २८ र १० अंकले घटेको छ । बुधवार १ सय २७ ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १० लाख कित्ता सेयरबाट ६८ करोड ७३ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्