Logo

सेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से परिसुचक ३ हजार पार गर्दा ३० अर्बको कारोबार

सेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से परिसुचक ३ हजार पार गर्दा ३० अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाली सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । कारोबार समयको सुरुवातीदेखि उत्तारचढावसहित उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज उच्च अंकको वृद्धिसँगै कारोबारले नयाँ रेकर्ड कायम गरेको हो ।

आज बजारमा कुल ३ सय ३४ कम्पनीका ६ करोड ८९ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २९ अर्ब ९५ करोड ८५ लाख माथि पुगेको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो ।

आज नेप्से परिसुचक ४३ अंकले बढ्दै ३ हजारको विन्दुमा पुगेर रोकिएको छ । आज वित्त, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त र अतिरिक्त समुहको परिसुचक ओरालो लाग्दा अन्य समुहको परिसुचकमा वृद्धि देखिएको छ । यसरी आज १ सय ५ कम्पनीको सेयरमुल्य बढ्दा १ सय ३७ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ ।

नेप्सेका अनुसार आज मूल्य बढेकामध्ये बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको सेयरमा सर्किट लेभलको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्