Logo

कोकको नयाँ उत्पादन ‘ कोकाकोला जिरो’ नेपाली बजारमा, ३ प्याकमा उपलब्ध

कोकको नयाँ उत्पादन ‘ कोकाकोला जिरो’ नेपाली बजारमा, ३ प्याकमा उपलब्ध


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । ‘कोकाकोला जिरो’ नेपाली बजारमा प्रवेश भएको छ । कम्पनीले राजधानीको अन्नपूर्ण होटलमा एक कार्यक्रम गर्दै सुगर फ्रि ‘कोका(कोला जिरो’ बजारमा ल्याएको हो । ‘कोका(कोला जिरो’ यसअघि १ सय ५० भन्दा बढी देशमा उपलब्ध भइसकेको कम्पनीले बताएको छ ।

स्वाद उही भएपनि कम्पनीले बजारमा ल्याएको नयाँ उत्पादन भने ‘सुगर फ्रि’ छ । योसँगै बजारमा पाइने कोक, स्प्राइट, फ्यान्टा, माज्जा, स्वेस, किल्ले र मिनेट मेड जुसहरुमा थप सशक्तता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार कोक जिरो नेपालका १५ वटा प्रमुख शहरी क्षेत्रका पसल, आधुनिक व्यापारीक केन्द्र र कोला कम्पनीसँग आबद्ध स्थानहरुबाट बिक्री गरिने छ ।

कम्पनीले नेपालमा नयाँ ‘कोका(कोला जिरो’ तीन प्याकमा उपलब्ध गराउने भएको छ । कम्पनीले ५ सय मिलिलिटरको पेट बोटलको ६५ रुपैयाँ, ३ सय मिलिलिटर क्यानको ७५ रुपैयाँ र १ सय ८० मिलिलिटरको जिरो ४५ रुपैयाँमा बजारमा किन्न पाइने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्