Logo

इन्ट्रा डे करेक्सन हुँदै उकालो यात्रामा नेप्से, ३४ अंकले बढ्दा साढे २३ अर्बको कारोबार

इन्ट्रा डे करेक्सन हुँदै उकालो यात्रामा नेप्से, ३४ अंकले बढ्दा साढे २३ अर्बको कारोबार



काठमाडौं । दिनभर उच्च सेलिङ प्रेसर आउँदा दोहोरो अंकको घटबढ भएको बजार अन्ततः बढ्न पुगेको छ । दिनभर उत्तारचढाव भएको नेप्सेमा इन्ट्रा डे करेक्सन हुँदै बढ्न पुगेको हो ।

अन्तिम समयमा उकालो यात्रा तय गरेको नेप्से ३४.२९ अंकले बढ्न पुगेको हो । दिनभर उत्तारचढाव भएको बजारमा ९ वटा कम्पनीको मूल्यमा सर्किट लागेको छ । जसमा जलविद्युत र फाइनान्स समुहका कम्पनीहरु रहेका छन् । तर दोहोरो अंकले बढेको बजारमा मन्दाकिनी हाईड्रोमा नेगेटिभ सर्किट लागेको छ भने विन्धवासीनी र मिडसोलुको सेयरमा उच्च गिरावट आएको छ ।
बजारमा उच्च सेलिङ प्रेसर आउँदा २३ अर्ब ४३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसमा ३१९ कम्पनीको ५ करोड १२ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । अन्तिम समयमा दोहोरो अंकले बढेको बजारमा लघुवित्त, जीवन बीमा र म्यच्युअल फण्ड समुह भने घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्