Logo

नेप्सेमा दैनिक नयाँ रेकर्ड बन्दै, परिसुचक २९ सय अंक नाघ्यो

नेप्सेमा दैनिक नयाँ रेकर्ड बन्दै, परिसुचक २९ सय अंक नाघ्यो



काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हालसम्मकै उच्च कारोबार भएको छ । लगातार बढिरहेको बजारमा सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यो हालसम्मकै उच्च कारोबार हो ।

साताको दोस्रो कारोबार दिन आज सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से ७०.८१ अंकले बढ्दै २९ सय ३१.६५ को विन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएकामध्ये लगानी र उत्पादनमुलकबाहेकका सबै सबै समुहको परिसुचक उकालो लागेसँगै १ सय ७१ कम्पनीको सेयरमूल्यमा उछाल आएको छ ।

यसमध्ये पनि आज ११ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ । आज कुल ३ सय ३९ कम्पनीका ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर २ लाख ८३ हजार पटक किनबेच भएका छन् ।

आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्