Logo

प्रफिट बुक गर्दै लगानीकर्ता, सेलिङ प्रेसर आउँदा कम मूल्यका कम्पनीमा आकर्षण

प्रफिट बुक गर्दै लगानीकर्ता, सेलिङ प्रेसर आउँदा कम मूल्यका कम्पनीमा आकर्षण



काठमाडौं । पछिल्लो छोटो समयमा उच्च अंकले बढेको बजारमा लगानीकर्ताहरुले प्रफिट बुक गर्न थालेका छन् । पछिल्लो १ महिनाको आवधिमा प्रायजसो कम्पनीमा ३० देखि ७० प्रतिशतसम्म कमाएका लगानीकर्ताले प्रफिट बुक गर्न थालेका हुन् ।

हाल लगानीकर्ताले बजार खुलेको केही समय सेयर मूल्य उच्च रुपमा बढाएर दोस्रो हाफपछि तिनै सेयर उच्च बिक्रीमा ल्याउन थालेका छन् । पछिल्लो समय लगानीकर्ताले इन्ट्रा डे करेक्सन गराउँदै सेयर बिक्री गरेर प्रफिट बुक गर्न थालेका सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

यसैगरी पछिल्लो समय लगानीकर्ताहरु कम मूल्यमा कम्पनीहरुमा आकर्षित भएका छन् । धेरैजसो कम्पनीका सेयर मूल्य उच्च भएका कारण हाल लगानीकर्ताहरु कम मूल्यका जलविद्युत कम्पनीहरुमा आकर्षित हुन थालेका छन् । सोही अनुरुप लगानीकर्ताले आईतबारदेखि आफ्नो आकर्षणमा कम मूल्यमा जलविद्युत कम्पनीहरु पारेका छन् । उक्त कम्पनीको बजारमा ठूला कित्ता सेयर भएपछि सस्तो मूल्यमा कारण लगानीकर्ताहरुले ठूलो परिमाणमा उठाइरहेको नेप्सेको तथ्यांकले देखाउँछ ।

‘पछिल्लो १ महिनाको बीचमा सेयर बजार उच्च अंकले बढेको र सोही अनुरुप लगानीकर्ताले नाफा कमाएका कारण अहिले धेरैजसो प्रफिट बुकमा लागेको देखिन्छ,’ एक लगानीकर्ताले भने, ‘अहिले धेरैजसो कारोबार उधारोमा चलेका कारणले गर्दा पनि लगानीकर्ताले इक्वीटी जेनेरेट गर्न आफुसँग भएको सेयर नाफामा बिक्री गरिरहेका छन् ।’

गतहप्ता धेरैजसो ब्रोकरको बिक्री भन्दा खरिद चाप बढी रहेकाले पनि हिसाव साफसाफका लागि उनीहरुले आफ्नो ग्राहकहरुलाई सेयर बिक्रीका लागि प्रेसर दिएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । साथै छोटो समयमा नेप्से परिसुचक ८ सय अंकभन्दा बढी बढेकाले पनि तत्कालका लागि करेक्सन खोजिरहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL