Logo

आईएमईको उपहार योजना हस्तान्तरण, २ हजार पठाउनेले पाए युएम पावर म्याक्स स्कुटर

आईएमईको उपहार योजना हस्तान्तरण, २ हजार पठाउनेले पाए युएम पावर म्याक्स स्कुटर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमई इन्टरनेशनल मनी एक्स्प्रेसको आईएमई हात खाली हुँदैन योजनाको विजेता घोषणा गरिएको छ । जसअन्तर्गत आईएमई मार्फत पैसा पठाउने ४ जनाले एक एक थान युएम पावर म्याक्स स्कुटी प्राप्त गरेका हुन् ।

सोमवार एक कार्यक्रमवीच आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल,व्राण्ड एम्बास्डर दीपकराज गिरीले विजेतालाई उपहार प्रदान गरे । उपहार पाउनेमध्ये सरोज श्रेष्ठले डेनमार्कबाट २ हजार २ सयरुपैयाँ पठाएका थिए ।

त्यस्तै तिलकबहादुर श्रेष्ठले ३७ हजार, आङ नर्बु श्रेष्ठले २० हजार र सुरेन्द्रप्रसाद थारुले १० हजार रुपैयाँ पठाएका थिए । असोज १ गतेदेखि ३० सम्म सञ्चालन भएको योजनामा दैनिक लक्की ड्रबाट दैनिक १० जना गरी चन्द्रागिरी केवलकारको ६ सय ओटा टिकट पाएका थिए ।

योजनामा १ सय ४९ आईएमई सेन्टर सहित ५ हजार २ सयभन्दा बढी रेमिट्यान्स भुक्तानी काउन्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्