Logo

बैंकको प्रगती र नेप्सेको गति विपरित, एकै दिनमा १३ अंगको गिरावट

बैंकको प्रगती र नेप्सेको गति विपरित, एकै दिनमा १३ अंगको गिरावट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले राम्रो वित्तीय विवरण सार्वजनिक गरिरहदा नेप्से परिसुचक भने वियरिस ट्रेण्डमा धकेलिएको छ । लगानीकर्ताहरुले तिहार तथा छठ पछि नेप्से परिसुचक बढ्ने अनुमान लगाएपनि ठिक त्यसको विपरित सोमबार १३ अंकभन्दा बढीले ओरालो लागेको छ ।

सोमबार बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तत १३ दशमलव ९ अंकले घटेको छ । बैंकिङ समुहको परिसुचक १८ अंकभन्दा बढीले ओरालो लाग्दा समग्र नेप्से परिसुचक घट्न गएको हो । बजारमा सवैभन्दा बीमा समुहको परिसुचक सवैभन्दा बढी ४९ अंकले ओरालो लागेको छ । त्यसैगरी उत्पादनमुलक समुह पनि ३२ अंकले घटेको छ भने जलविद्युत समुह २१ अंकले ओरालो लाग्यो । साथै अन्य र विकास बैंक समुह पनि सामान्य ओरालो लागेका छन् । तर, फाइनान्स र होटल समुह भने सामान्य बढेका छन् ।

बजारमा दिनभर १ सय ३४ कम्पनीको सेयर कारोवार भएको छ । जसमा ६८ करोड ७४ लाख रुपैयाँ बरावरको ८ लाख ८१ हजार कित्ता सेयर खरिदविक्री भएको छ । सोमबार सवैभन्दा बढी सिभल बैंकको ५ करोड २५ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्